बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

चलचित्र जन्ते बाख्रोको नयाँ गीत ‘मुकु मुकु म्या’ सार्वजनिक

बुधबार, ०७ जेठ २०८२, १७ : ४८
बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । यही जेठ २३ बाट प्रदर्शन आउन लागेको चलचित्र ‘जन्ते बाख्रो’ को नयाँ गीत ‘मुकु मुकु म्या’ सार्वजनिक गरिएको छ । नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा फिल्मका मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन् ।

सार्वजनिक गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको सङ्गीत रहेको छ । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । फिल्मको निर्देशक सिमोश सुनुवारले गरेका हुन् ।

फिल्म विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि आधारित रहेको निर्देशक सुनुवारले बताए । 

फिल्ममा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको पनि अभिनय छ । 

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माण रहेको चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । 

फिल्ममा हरि हुमागाईं र उत्तम हुमागाईंको छायाङ्कन, सुनिल शिवभक्तिको सम्पादन छ । टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप