आज चार संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची
सारांश
- आज संघीय संसदका चार संसदीय समितिको बैठक बस्दैछ।
- अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ, जसमा सरोकारवालाहरुसँग अन्तरक्रिया हुनेछ।
- सार्वजनिक लेखा समितिमा उजुरीमाथि छलफल हुनेछ भने अन्य समितिमा विभिन्न विषयमाथि छलफल हुनेछ।
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदै छ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बिच छलफल हुनेछ ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे बस्दै छ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।
यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबिच छलफल हुनेछ ।
सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ)का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदै छ । बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्य योजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण