शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

घनश्याम भुसाल भन्छन् – कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्छ

शुक्रबार, ०९ जेठ २०८२, १५ : ५६
शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको राजनीतिक समस्या समाधानका लागि कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्ने बताएका छन् । 

सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले समस्या समाधानका लागि यो बाहेक अन्य विकल्प नभएको जिकिर गरे । 

‘गणतन्त्रको म कार्यकारी नेता हुँ भन्नेले त्यो ठाउँ छोडोस् । यो बाहेक समस्या कहाँ गइसक्यो ? समाज कहाँ गइसक्यो ? सडकले के माग गरिसक्यो ? यो कुरा बुझ्न सकिएन भने अरू धेरै दुर्गा प्रसाईँ यो कुशासनको ब्याडबाट आइरहन्छन् । गणतन्त्रलाई च्यालेन्ज गरिराख्छन्’, उनले भने ।

गणतन्त्र स्थापनाको १५ वर्षदेखि समस्याको जड बेरोजगारी र कुशासन भएको दाबी गर्दै उनले यसै कारण नेपाली समाजमा ज्वरोको पारो बढ्दै गएको बताए । नयाँ जिन्दगीका लागि गणतन्त्र चाहिएको भए पनि त्यस्तो जीवनयापन गर्ने वातावरण नबनेकोमा भुसालले चिन्ता व्यक्त गरे । नालायक शासकका कारण देश बिग्रिएको उनको भनाइ छ । 

‘हामीलाई गणतन्त्र चाहिएको नयाँ जिन्दगीका लागि हो । गणतन्त्रले नयाँ जिन्दगी दिन सकेन । यसका लागि जस्तो नेता चाहिएको थियो, त्यो भएन । राज्य दोहनतिर लागे । रोजगारी र सुशासन नालायक शासकले दिन सकेन’, उनले भने, ‘नेताहरूका धेरै ठुलो प्रयत्नले यो देश बिग्रिएको हो । देश बिगार्न तिनीहरूले कम्तीको मेहनत गरेका छैनन् । नाफा कमाइराख्ने उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पत्तिमा बाँच्ने यो गठबन्धनलाई दलाल पुँजीवाद भन्ने गरेको छु । त्यसले यी सबै पाप गरेका छन्, राष्ट्रका समृद्धिका लागि ।’ 

राजनीतिक दलहरूका दोस्रो पुस्ताका नेताहरू समेत कार्यकारी पदमा बसेका नेताहरूले बाँडेको भाग खाएर लुलो भएको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप