घनश्याम भुसाल भन्छन् – कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्छ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको राजनीतिक समस्या समाधानका लागि कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्ने बताएका छन् ।
सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले समस्या समाधानका लागि यो बाहेक अन्य विकल्प नभएको जिकिर गरे ।
‘गणतन्त्रको म कार्यकारी नेता हुँ भन्नेले त्यो ठाउँ छोडोस् । यो बाहेक समस्या कहाँ गइसक्यो ? समाज कहाँ गइसक्यो ? सडकले के माग गरिसक्यो ? यो कुरा बुझ्न सकिएन भने अरू धेरै दुर्गा प्रसाईँ यो कुशासनको ब्याडबाट आइरहन्छन् । गणतन्त्रलाई च्यालेन्ज गरिराख्छन्’, उनले भने ।
गणतन्त्र स्थापनाको १५ वर्षदेखि समस्याको जड बेरोजगारी र कुशासन भएको दाबी गर्दै उनले यसै कारण नेपाली समाजमा ज्वरोको पारो बढ्दै गएको बताए । नयाँ जिन्दगीका लागि गणतन्त्र चाहिएको भए पनि त्यस्तो जीवनयापन गर्ने वातावरण नबनेकोमा भुसालले चिन्ता व्यक्त गरे । नालायक शासकका कारण देश बिग्रिएको उनको भनाइ छ ।
‘हामीलाई गणतन्त्र चाहिएको नयाँ जिन्दगीका लागि हो । गणतन्त्रले नयाँ जिन्दगी दिन सकेन । यसका लागि जस्तो नेता चाहिएको थियो, त्यो भएन । राज्य दोहनतिर लागे । रोजगारी र सुशासन नालायक शासकले दिन सकेन’, उनले भने, ‘नेताहरूका धेरै ठुलो प्रयत्नले यो देश बिग्रिएको हो । देश बिगार्न तिनीहरूले कम्तीको मेहनत गरेका छैनन् । नाफा कमाइराख्ने उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पत्तिमा बाँच्ने यो गठबन्धनलाई दलाल पुँजीवाद भन्ने गरेको छु । त्यसले यी सबै पाप गरेका छन्, राष्ट्रका समृद्धिका लागि ।’
राजनीतिक दलहरूका दोस्रो पुस्ताका नेताहरू समेत कार्यकारी पदमा बसेका नेताहरूले बाँडेको भाग खाएर लुलो भएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण