ड्रोन आक्रमणका कारण रोकिएको पञ्जाब र दिल्लीको भिडन्तको रिप्ले आज

समाचार सारांश
- पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच आईपीएल २०२५ को खेल जयपुरमा हुँदैछ, जहाँ पञ्जाब प्लेअफमा स्थान पक्का गर्न चाहन्छ।
- पञ्जाब किंग्स अंक तालिकामा तेस्रो स्थानमा छ र यस सिजनमा १२ खेलमा १७ अंक जोडेको छ, जबकि दिल्लीको १३ खेलमा १३ अंक छ।
- खेल सवाई मानसिंह रंगशालामा साँझ ७:४५ बजे सुरु हुनेछ, जसमा पहिलेको खेल ब्ल्याकआउटका कारण रोकिएको थियो र नयाँ तालिका अनुसार खेल हुनेछ।
जयपुर । आईपीएल २०२५ को प्लेअफमा आफ्नो स्थान पक्का गरेको पञ्जाब किंग्सले आज दिल्ली क्यापिटल्सको सामना गर्नेछ। दिल्ली शीर्ष ४ को दौडबाट बाहिरिइसकेको छ । खेल जयपुरको सवाई मानसिंह रंगशालामा साँझ ७स्४५ बजे सुरु हुनेछ।
दुवै टोली सिजनमा पहिलो पटक एकअर्कासँग आमनेसामने हुनेछन् ।यस सिजनमा पञ्जाब किंग्सको अहिलेसम्म १२ खेलमा १७ अंक छ । टोली हाल अंक तालिकामा तेस्रो स्थानमा छ र आगामी दुई खेल जितेर क्वालिफायर–१ मा पुग्न चाहन्छ । जबकि, दिल्लीको १३ खेलमा १३ अंक छ।
यसअघि यो खेल मे ८ मा धर्मशालामा खेलिएको थियो। तर ब्ल्याकआउटका कारण खेल बिचमै रोकिएको थियो । यस खेलमा पञ्जाबको टोलीले १०।१ ओभरमा १२२र१ बनाएको थियो। भारत र पाकिस्तानबिच जारी तनावका कारण अचानक ब्ल्याकआउट भएको थियो र सुरक्षाको कारणले खेल रोकियो। त्यसपछि बीसीसीआईले नयाँ तालिका जारी गर्यो, जसमा खेल पूर्णतया सुरुवातबाट नै खेलाइने भनिएको थियो।
हेड टु हेड
अहिलेसम्म पञ्जाब र दिल्ली क्यापिटल्सबिच ३३ खेल भएका छन्, जसमध्ये पञ्जाबले १७ र दिल्लीले १६ खेल जितेको छ। दुवै टोली पहिलो पटक जयपुरमा भिड्नेछन्।
पञ्जाबका ओपनरहरू फर्ममा, अर्शदीप सफल
पञ्जाबका शीर्ष क्रमका ब्याट्सम्यानका लागि आईपीएलको १८ औँ सिजन उत्कृष्ट रहँदै आएको छ । ओपनर प्रभसिमरन सिंह टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १२ खेलमा ४५८ रन बनाएका छन् । यस अवधिमा उनले ४ अर्धशतक पनि बनाएका छन्।
कप्तान श्रेयस अय्यरले ४ अर्धशतकसहित ४३५ रन बनाएका छन्। ओपनर प्रियांश आर्य ३५६ रनका साथ तेस्रो स्थानमा छन्।
बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंह पञ्जाबका सर्वाधिक विकेट लिने बलर हुन्। उनले १२ खेलमा १६ विकेट लिएका छन्।
राहुल दिल्लीका लागि शीर्ष ब्याट्सम्यान
दिल्लीका केएल राहुल उत्कृष्ट फर्ममा छन् । उनले पछिल्ला १२ खेलमा ५०४ रन बनाएका छन्। राहुलको नाममा ३ अर्धशतक र एक शतक पनि छ ।
बलिङ विभागमा, मिचेल स्टार्क टोलीका सबैभन्दा सफल बलर हुन्। तर, उनी आफ्नो देश फर्किएका छन्। स्टार्कपछि चाइनाम्यान स्पिनर कुलदीप यादवको नाम आउँछ । उनले ११ खेलमा १४ विकेट लिएका छन् ।
पिच रिपोर्ट
सवाई मानसिंह रंगशालाको पिचले सामान्यतया तीव्र गतिका बलरहरूलाई सुरुवाती उछाल र गति प्रदान गर्दछ। यद्यपि, खेल अगाडि बढ्दै जाँदा, ब्याट्सम्यानहरूलाई खेल्न सजिलो हुँदै जान्छ। यो मैदान सामान्यतया उच्च स्कोरिङ खेलहरूको लागि परिचित छ।
यहाँ अहिलेसम्म ६२ वटा आईपीएल खेल खेलाइएको छ। पहिले ब्याटिङ गर्ने टोलीले २३ खेलमा जित हासिल गरेको छ भने पछ्याउने टोलीले ३९ खेलमा जित हासिल गरेको छ । यहाँको उच्चतम टोली स्कोर २१९५ हो, जुन पञ्जाब किंग्सले यस सिजन राजस्थान रोयल्स विरुद्ध बनाएको थियो।
मौसम अवस्था
शनिबार जयपुरमा गर्मी हुनेछ। दिनभरि उज्यालो घाम लाग्नेछ। पानी पर्ने सम्भावना छैन। तापक्रम ३० देखि ३८ डिग्री सेल्सियस सम्म हुन सक्छ।
दुवै टोलीका सम्भावित खेलाडीहरू
पञ्जाब किंग्सः श्रेयस अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंह ९विकेटकिपर०, शशांक सिंह, नेहल वढेरा, मार्कस स्टोइनिस, अजमातुल्लाह उमरजाई, मार्को जेन्सेन, जोस इङ्लिसरजेभियर बार्टलेट, हरवेन्द्र चरादर, अरभेन्द्र सिंह, युवराज सिंह।
दिल्ली क्यापिटल्सः अक्षर पटेल (कप्तान), फाफ डु प्लेसिस, केएल राहुल, अभिषेक पोरेल ९विकेटकीपर०, ट्रिस्टन स्टब्स, समीर रिजवी, आशुतोष शर्मा, विपराज निगम, माधव तिवारी, कुलदीप यादव, दुष्मन्थ चमेरा, मुकेश कुमार।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा
-
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित