मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा

आइतबार, ११ जेठ २०८२, १७ : ३७
आइतबार, ११ जेठ २०८२

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो ।

त्यसैगरी प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी छ ।

यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/ ८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप