गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ: प्रचण्ड
सारांश
- प्रचण्डले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए।
- गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो धारणा राखेका हुन्।
- उनले गणतन्त्रको रक्षा र समाजवादतर्फको यात्राका लागि एकताको आवश्यकता औंल्याए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बिहीबार काठमाडौँमा आयोजना गरेको जनसांस्कृतिक कार्यक्रममा प्रचण्डले अहिले गणतन्त्रमाथि प्रश्न उठाउने निरर्थक दुष्प्रयास भइरहेको भन्दै यसविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।
गणतन्त्र दिवस कुनै क्षेत्र वा पार्टी विशेषको नभई आम जनताको बलिदानीबाट प्राप्त भएको उपलब्धि भएको उनले बताए । प्रचण्डले गणतन्त्रको रक्षा गर्नु र यस मार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रयत्न गर्नु अहिलेको ऐतिहासिक आवश्यकता भएको धारणा राखे ।
उनले गणतन्त्रको रक्षा गर्दै समाजवादको यात्रातर्फ अघि बढ्नका लागि एकताबद्ध भएर पहल गर्न जरुरी रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण