शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाजामा खानाको खोजीमा भौँतारिँदैछन् मानिस

शुक्रबार, १६ जेठ २०८२, ०९ : २७
शुक्रबार, १६ जेठ २०८२

गाजापट्टी । इजरायली आक्रमणको सामना गरिरहेको गाजाको उत्तरी भागको मुख्य सहरमा अराजकता र लुटपाटको अवस्था सिर्जना भएको छ  । विगत केही हप्तादेखि यस क्षेत्रमा आवश्यक सहयोग पुग्न सकेको छैन । यहाँ बसोबास गर्ने प्यालेस्टिनीहरू खानाको खोजीमा भौँतारिन थालेका छन् ।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयले बिहीबार गाजा सहरको बजारमा तैनाथ आफ्ना सात प्रहरी अधिकारीहरू इजरायली हवाई आक्रमणमा मारिएको बताएको छ । हमासका अनुसार यी अधिकारी व्यवस्था कायम राख्न र लुटेराहरूको सामना गरिरहेका थिए । 

इजरायली सेनाले यस घटनामा कुनै टिप्पणी गरेको छैन । केही दिन यता गाजामा दर्जनौँ आतङ्कवादी लुकेका ठाउँहरूमा आफूले आक्रमण गरेको इजरायलको भनाइ छ ।

बिहीबार यस क्षेत्रभरि कम्तीमा ४४ जना मारिएको र यीमध्ये २३ जनाको मृत्यु केन्द्रीय बुरेइज शरणार्थी शिविरमा भएको स्थानीय डाक्टर र उद्धारकर्मीहरूले भनेका छन् । यसअघि संयुक्त राष्ट्रसंघले मध्य सहर देइर अल–बलाहमा रहेको भोका मानिसहरूको भिड गोदाममा प्रवेश गर्दा कम्तीमा दुई जनाको गोली हानी हत्या भएको बताएको थियो । 

इजरायलको नाकाबन्दीको ११ हप्तापछि राहत सामग्री घटनास्थलमा आइपुगेको थियो । गोली कसले चलायो भन्ने अझै स्पष्ट भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप