भालुको आक्रमणबाट दार्चुलामा दुई जना घाइते
खलङ्गा। दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन् ।
आज बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिए ।
उनका अनुसार कलावती र मानमती सासू बुहारी हुन् । नजिकैको स्थानीय वन बरमुडेलेकबाट आएको भालुले घरभित्र पसेर एक्कासी उनीहरुमाथी आक्रमण गरेको हो ।
भालुको आक्रमणमा परी घाइते कलावतीको ढाड र मुखमा चोट लागेको छ । भालुको आक्रमणबाट बच्न भाग्दा लडेर मानमतीसमेत घाइते भएका छिन् । घाइते दुवै जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । भालुलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटना स्थलमा पुगेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र बोर्ड हटाउन निर्देशन
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
-
फ्रान्सेली पत्रकार अल्जेरियाको जेलमा : विश्वकपका हरेक खेलमा एउटा सिट खाली राखेर ऐक्यबद्धता
-
जापानको ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा
-
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन
-
झापामा विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण