आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

बेल्जियममाथि ‘हावा चोरी’ गरेको आरोप

शनिबार, १७ जेठ २०८२, ११ : ५०
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • नेदरल्यान्ड्सको मौसम कम्पनीका प्रमुखले बेल्जियमका विन्ड फार्महरूले डच हावाको ३% सम्म 'चोरी' गरेको आरोप लगाएका छन्।
  • विन्ड फार्महरूको स्थानका कारण बेल्जियमले डच विन्ड फार्महरूलाई हावाको आपूर्ति कम गरेको बताइएको छ, जसले गर्दा तिनीहरू कम प्रभावकारी हुन्छन्।
  • उनले कार्बन तटस्थताको दौडमा समन्वयको खाँचो औंल्याए, 'हावा चोरी' भविष्यमा गम्भीर समस्या बन्न सक्ने चेतावनी दिए।

एम्सटरड्याम । नेदरल्यान्ड्सको मौसम पूर्वानुमान कम्पनीका प्रमुखले हालै एक रोचक दाबी गर्दै बेल्जियमका विन्ड फार्महरूले अनौपचारिक रूपमा आफ्नो देशको ‘हावा चोरिरहेको’ बताएका छन्।

डच मौसम पूर्वानुमान सेवा विफलका सीईओ रेम्को फरजाइलबर्गले बेल्जियमको प्रसारण संस्था भीआरटीसँगको अन्तर्वार्तामा नर्थमा रहेका बेल्जियमका विन्ड फार्महरूको स्थानका कारण ती डच विन्ड फार्महरूको तुलनामा फाइदामा छन्। उनले यी विन्ड फार्महरूले डच वायु ऊर्जालाई करिब ३% चोर्न सक्ने सम्भावना रहेको दाबी गरे । यद्यपि उनले यो काम सेचतरुपमा नगरिएको भन्दै यसमा राष्ट्रिय स्तरमा राम्रो समन्वयको आवश्यकता रहेको बताए।

रेम्कोले भने, ‘विन्ड फार्म हावाबाट ऊर्जा निकाल्न बनाइएको हो। यदि तपाईं विन्ड फार्मको पछाडि हावा नाप्नुहुन्छ भने, हावा कमजोर हुन्छ। धेरै चक्कीहरू भएको विन्ड फार्मको पछाडि त अझै कम हावा पाइन्छ। बेल्जियमका विन्ड फार्महरू डच विन्ड फार्महरूको दक्षिण पश्चिमतर्फ छन्, र हावा प्रायः दक्षिण पश्चिमबाट आउने भएकाले, उनीहरूले हाम्रो हावा केही हदसम्म चोर्छन्।’

वेक इफेक्ट वा विन्ड स्याडो भनेर चिनिने यो प्रक्रिया वैज्ञानिक रूपमा स्थापित र मापन गरिएको हो—जहाँ विन्ड फार्मको पछाडि हावाको गति कम हुन्छ। यो कारणले अर्को देशका विन्ड फार्महरू अगाडि हुँदा त्यसको पछाडि रहेका विन्ड फार्महरूलाई हावाको कम आपूर्ति हुन्छ।

फरजाइलबर्गले नर्थ सीमा धेरै देशहरूले कार्बन न्युट्रल बन्ने दौडमा विन्ड फार्महरू बनाउँदै गएकाले यो ‘हावा चोरी’ भविष्यमा अझ गम्भीर समस्या बन्न सक्ने चेतावनी दिए।

उनले भने, ‘नर्थ सी क्रमशः विन्ड फार्महरूले भरिँदै छ। यदि हामीले समन्वय नगरेमा, जथाभाबी योजनाले हानिकारक असर पार्न सक्छ। यो एउटा यस्तो दौड नबनोस् जहाँ जसले पहिले बनाउँछ उसैले सबैभन्दा राम्रो हावा पाउँछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप