कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध (सूची)
सारांश
- कोशी प्रदेशमा मनसुन प्रवेश गरेसँगै बाढी र पहिरोका कारण धनकुटा, सुनसरी, इलाम र उदयपुरका सडकखण्ड अवरुद्ध भएका छन्।
- इलामको माई नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको छ भने कोशी लोकमार्ग समेत अवरुद्ध भएको छ।
- सुनसरी र उदयपुरमा पनि पहिरोका कारण सडक अवरुद्ध भएका छन्, जसले यातायातमा समस्या पारेको छ।
विराटनगर। बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको छ । मनसुन प्रवेश गरेको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र नदी कटानले धनकुटा, सुनसरी, इलाम र उदयपुरका विभिन्न सडक खण्ड यतिबेला अवरुद्ध बनेका छन् । इलामको माई नगरपालिका-७ मा महमाई-इलाम-लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ । अहिले त्यहाँ बाटो एकतर्फी सञ्चालनमा रहेको छ ।
त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नमस्ते झरना छेउमा पहिरो झर्दा कोशी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । सोही गाउँपालिकामा लेउदी खोलाले १०० मिटर कटान गर्दा कोशी लोकमार्ग अवरुद्ध भएको छ ।
साँगुरीगढी गाउँपालिका-५ डाँडाँबजार , लुम्फाजुङ, कुहिभिर, ढाडे डाँडामा पहिरो गएको छ । यसले रवी-राँके सडक अवरुद्ध बनेको प्रहरीको भनाई छ । धनकुटाकै चौबिसे गाउँपालिका ४ मा निर्माणाधीन सडक खण्डको छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर अवरुद्ध बनेको छ ।
उता सुनसरीको बराहक्षेत्र नगरपालिका-१ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा-बराह क्षेत्र सडक अवरुद्ध ५ । यस्तै उदयपुरमा बेलका नगरपालिका-८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झरेको छ । यसले मैनामैनी-चुहार-भोजपुर सडक अवरुद्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण