पर्सामा एक कामदारको मृत्यु
सोमबार, १९ जेठ २०८२, २० : २६
वीरगञ्ज । पर्सामा एक कामदारको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीस्थित श्री आदर्श क्रेसर उद्योग प्रा.लि.मा काम गर्ने क्रममा साेमबार साेही ठाउँका १८ वर्षिय अजय मण्डलको मृत्यु भएको हाे ।
पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता किशोर लम्सालका अनुसार मण्डलको ढुङ्गा फोड्ने क्रममा मेसिनको बेल्ट अचानक चुडिँदा ढुङ्गाको धुलो र बेल्टले बेरिएर मृत्यु भएको हो ।
घटना शंकास्पद रहेको भन्दै लम्सालको नेतृत्वमा छुट्टै टोलीले छानबिन गरिरहेको बताइएको छ । मण्डलको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण