बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

सैनिक प्रवक्ता फेरिए, सहायक रथी राजाराम बस्नेतलाई जिम्मेवारी

मङ्गलबार, २० जेठ २०८२, १५ : २२
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • सहायक रथी राजाराम बस्नेतलाई नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी दिइएको छ।
  • यसअघिका प्रवक्ता गौरव कुमार केसीलाई पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा गरिएको छ।
  • सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जिम्मेवारी हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ।

काठमाडौँ । नेपाली सेनाका प्रवक्ता फेरिएका छन् । सहायक रथी राजाराम बस्नेतलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक स्रोतले जनाएको छ ।

यसअघिका सैनिक प्रवक्ता गौरव कुमार केसीलाई सरुवा गरिएको छ । उनी पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा भएका छन् । 

बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?