दश महिनामा ८९ हजार पोलिसी सरेन्डर

काठमाडौँ । दश महिनाको अवधिमा झन्डै ८९ हजार पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख सरेन्डर गरिएको हो ।
यो अवधिमा १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यो अवधिमा भएको सरेन्डरको सङ्ख्या अघिल्लो वर्षको तुलनामा सामान्य कम हो । अघिल्लो वर्ष ८९ हजार ७७ पोलिसी सरेन्डर भएको थियो ।
तर, यो वर्षको सरेन्डर रकम अघिल्लो वर्षभन्दा ११ दशमलव ७० अङ्कले बढी हो । अघिल्लो वर्ष १० अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो ।
यो अवधिसम्म १२ लाख ५४ हजार ४७८ वटा बीमालेख व्यतित भएको छ । उक्त व्यतित जीवनबीमाको कुल रकम ३६ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको प्राधिकरणको तथ्याङ्क छ ।
यो अवधिसम्म ५६ लाख ४७ हजार ९०९ वटा बीमालेख कायम रहेको छ । त्यसमध्ये सबैभन्दा धेरै लघुबीमा रहेका छन् । यसको सङ्ख्या ३६ लाख भन्दा धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि जिताएको १६ दिनपछि पोस्टेकोग्लू बर्खास्त, को बन्ला नयाँ म्यानेजर ?
-
नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह
-
बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)