चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुस्लिम धर्मावलम्बीको महान् चाड बकर ईद (ईद–उल–अज्हा)को पावन अवसरमा मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।
शनिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले धार्मिक, सांस्कृतिक तथा जातीय विविधताले भरिएको मधेस प्रदेशमा बकर ईदजस्ता पर्वहरूले आपसी समझदारी, सहकार्य र सामाजिक सद्भाव अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।
'धार्मिक र सांस्कृतिक पर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा थप योगदान पुर्याइरहेका छन्,' सन्देशमा उल्लेख छ, 'बकर ईदले हामी सबैमा दया, उदारता र सहअस्तित्वको भावना बलियो बनाओस् भन्ने कामना गर्दछु।'
मुख्यमन्त्री सिंहले बकर ईदले समाजमा भाइचारा, सामाजिक न्याय र समावेशिताको सन्देश फैलाओस् भन्ने आशा व्यक्त गरेका छन्।
अन्त्यमा उनले बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर
-
‘आफ्नो भान्जा बैंकको सीईओ भएको बेलामा माधव नेपालले पतञ्जलि योगपीठ जग्गामा चलखेल गर्नुभयो’
-
सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन
-
कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन, संयोजकमा हरिकृष्ण गजुरेल