उपाधि जिताएको १६ दिनपछि पोस्टेकोग्लू बर्खास्त, को बन्ला नयाँ म्यानेजर ?
सारांश
- एन्ज पोस्टेकोग्लूलाई युरोपा लिगको उपाधि जितेको १६ दिनमै टोटनह्यामको म्यानेजरबाट बर्खास्त गरियो।
- टोटनह्यामले प्रिमियर लिगमा खराब प्रदर्शन गर्दै १७औँ स्थानमा सिजन टुंग्यायो।
- ब्रेन्टफोर्डका थोमस फ्र्याङ्क पोस्टेकोग्लूको उत्तराधिकारीका लागि मुख्य दावेदार हुन्।
लण्डन । युरोपा लिगको उपाधि जिताएको १६ दिनपछि नै एन्ज पोस्टेकोग्लूलाई टोटनह्यामको म्यानेजरबाट बर्खास्त गरिएको छ । बिल्बाओमा म्यानचेस्टर युनाइटेडविरुद्ध १-० को जितसँगै स्पर्सले १७ वर्षपछि पहिलो ठूलो ट्रफी जितेको थियो।
तर, यो सफलता प्रिमियर लिगमा क्लबको इतिहासकै खराब सिजनको अन्त्यतिर आएको थियो, जहाँ लन्डन क्लबले ३८ मध्ये २२ खेल हार्दै १७औँ स्थानमा सिजन समाप्त गरेको थियो। ५९ वर्षीय अस्ट्रेलियाली प्रशिक्षक पोस्टेकोग्लूले दोस्रो सिजनमा युरोपियन सफलता पाएपछि विजय परेडमा सहभागी भएका समर्थकहरूलाई भनेका थिए, ‘तेस्रो सिजन दोस्रोभन्दा अझ राम्रो हुनेछ।’
तर, उनी टोटनह्याममा नियुक्त भएको दुई वर्ष पुग्ने दिनमै क्लबले उनलाई बर्खास्त गरेको हो। उनले सेल्टिकबाट चार वर्षको सम्झौतामा क्लबमा आएका थिए।
पोस्टेकोग्लूको उत्तराधिकारीको रुपमा ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्र्याङ्क मुख्य दाबेदार मानिएका छन्। बर्नमाउथका एन्डोनी इराओला, फुलहमका मार्को सिल्भा, क्रिस्टल प्यालेसका ओलिभर ग्लास्नर र पूर्व स्पर्स प्रशिक्षक मौरिसियो पोचेटिन्हो, जो अहिले अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षक छन्, अन्य सम्भावित उम्मेदवारमा परेका छन्।
-बीबीसी स्पोर्टबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण