१० महिनामा २१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
सारांश
- ओखलढुङ्गामा चालु आर्थिक वर्षमा २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
- उद्धार गरिएका महिलाहरूलाई काठमाडौँका अस्पतालमा पठाइएको छ, जसले उच्च जोखिममा परेका आमा र शिशुको ज्यान बचाउन मद्दत गरेको छ।
- राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी भएको र दुर्गम क्षेत्रका महिलाहरूले यसबाट नवजीवन पाएको जिल्लास्तरीय आमा समूह सञ्जालकी अध्यक्षले बताइन्।
ओखलढुङ्गा । ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको हो । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए । उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिए ।
उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको पौडेलको भनाइ छ । ‘सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जान सक्ने सम्भावना भएका गर्भवती तथा सुत्केरीलाई स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविकालगायत स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार भइरहेको छ’, उनले भने ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमा समूह सञ्जालकी अध्यक्ष कान्ति राजभण्डारीले बताइन् । ‘पहिले दुर्गम क्षेत्रका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । हाल हवाई उद्धार सेवा पाएपछि आमा र शिशुको ज्यान बचेको छ’, उनले भनिन्, ‘यो कार्यक्रम निकै प्रभावकारी छ । आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा योजना बनाउँदा सरकारले दुर्गमका नागरिकलाई केन्द्रमा राख्यो भने राम्रो हुन्छ भन्ने सन्देश पनि यसले दिएको छ ।’
विगतमा महँगोमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजान सक्नेहरूले उपचार पाउने र नसक्नेहरूले उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण