नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध

समाचार सारांश
- लियोनका मिडफिल्डर नेमान्जा माटिचलाई समलैंगिता विरोधी सन्देश छोपेका कारण दुई खेलको प्रतिबन्ध लागेको छ।
- माटिचले एलजिबिटी प्लस समुदायको समर्थनका लागि गरिएको अभियानको क्रममा आफ्नो जर्सीको सन्देश टेपले छोपेका थिए।
- लिग १ ले माटिच र अर्का एक खेलाडीलाई दुई खेलको प्रतिबन्ध र थप निलम्बनको सजाय सुनाएको छ।
पेरिस । आफ्नो जर्सीमा रहेको समलैंगिताप्रतिको घृणा विरोधी सन्देश टेपले छोपेपछि लियोनका मिडफिल्डर नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध लागेको छ।
३६ वर्षीय सर्बियाली खेलाबलले मे १७ मा भएको ल्योनको एन्जर्सविरुद्ध २-० को जितको क्रममा आफ्नो बायाँ बाहुलामा रहेको सन्देश टेपले छोपेका थिए।
यो सन्देश फ्रान्सको लिग १ द्वारा पाँचौँ वर्षदेखि सञ्चालन भइरहेको एलजिबिटी प्लस समुदायको समर्थनका लागि गरिएको वार्षिक अभियानको हिस्सा हो। सामान्यतया, खेलाडीहरूले इन्द्रेणी रङ्गको प्रतीक लगाउने र स्टेडियमहरूमा ब्यानरहरू प्रदर्शन गर्ने गरिन्छ। तर, म्यानचेस्टर युनाइटेड र चेल्सीका पूर्वमिडफिल्डर माटिच र ले हाभ्रेका स्ट्राइकर अहमद हसन (३२) ले दुवैले आफ्नो जर्सीमा रहेको सन्देश टेपले छोपेका थिए।
लिग १ ले उनीहरूलाई दुई खेलको प्रतिबन्ध र थप दुई खेलको निलम्बित प्रतिबन्ध लगाएको छ। माटिचको ल्योनसँगको सम्झौता जुनको अन्त्यमा सकिँदैछ र उनले अहिलेसम्म नयाँ सम्झौता गरेका छैनन्।
यो वार्षिक जागरुकता अभियानले विगत केही वर्षदेखि केही खेलाडीहरूको धार्मिक विश्वासको कारण आलोचनाको सामना गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने
-
मातापितालाई सोध्नोस्
-
तरुण दललाई ३ करोड विनियोजन शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न : महेश बस्नेत
-
मधेसी समाजले मनायो कतारमा बकर इद
-
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त