प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन– संसद्मा गृहमन्त्रीलाई बोल्ने वातावरण बनाइदिन आग्रह
सारांश
- प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिन प्रचण्डलाई फोन गरे।
- प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध कायमै राख्ने बताए।
- सरकारले आगामी आर्थिक वर्षको बजेटबारे सकारात्मक सोच्न सकिने प्रचण्डको भनाइ छ।
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । भिजिट भिसा प्रकरण, बिहीबार सरकारले संसद्मा पेस गर्ने बजेट लगायत विषयमा छलफल गर्न प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठककै बिचमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नको जवाफ दिने वातावरण बनाइदिन फोन गरेको माओवादीका सांसद लेखनाथ दाहालले रातोपाटीलाई जानकारी दिए ।
‘संसद्को अवरोध हटाएर गृहमन्त्रीलाई बोल्न दिन प्रधानमन्त्री केपी ओलीले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध यथावत् रहने कुरा अध्यक्षले भन्नुभयो । यद्यपि सरकारले भोलि (बिहीबार) संसद्मा पेस गर्ने आर्थिक वर्ष २०८२–८३ को बजेटबारे सकारात्मक रूपमा सोच्न सकिन्छ भन्नुभएको छ’, दाहालले भने ।
भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायमै राख्ने विपक्षी दलले निर्णय गरेको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण