पर्सामा आगलागीबाट घरगोठ जले
सारांश
- पर्साको पकहाँमैनपुर गाउँपालिका-४ मा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट, १४ लाख ५० हजारको क्षति।
- विद्युत् सर्ट भई आगलागी भएको र स्थानीय प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइयो।
- आगलागीमा रामाशङ्कर गिरीको घर र गोठको सामान जलेर ७ लाखको क्षति, भैँसी र पाडो घाइते, दरोगा गिरीको घरमा साढे सात लाखको क्षति।
वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिका–४ खेस्रहामा आज आगजनी हुँदा दुई वटा फुसका घर र दुई गोठ पूर्णरूपमा जलेका छन् । विद्युत् सर्ट भएर पकहाँमैनपुर गाउँपालिका–४ ख्रेसाका रामाशङ्कर गिरी र सोही ठाउँका दरोगा गिरीको फुसको घर र गोठमा क्षति हुँदा १४ लाख ५० हजार बराबरको धनजनको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले आज बिहान विद्युत् सर्ट भएर आगजनी हुँदा दुई फुसको घर र गोठ जलेर क्षति भएको जानकारी दिए । ‘आगलानीको घटना थाहा हुने वित्तिकै स्थानीय प्रहरी र दमकलसहित स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो’, उनले भने, ‘तत्कालै सावधान अपनाएको कारणले कुनै पनि प्रकारको मानवीय क्षति हुन पाएन ।’
आगलागी कारणले रामाशङ्कर गिरीको फुसको गोठ र फुसको बस्ने घर, अन्नपात अन्नपात, लत्ताकपडा गरगहना गरी रु सात लाख मूल्य पर्ने क्षति भएको छ । त्यस्तै गरी गिरीकै एक भैँसी र पाडो जलेर घाइते भएको छ ।
त्यस्तै गरी गिरीको छिमेकी दरोगा गिरीको फुसको गोठ र बस्ने घर पूर्णरूपमा जलेर क्षति भएको छ । पर्सा प्रहरीका अनुसार गिरीको घरमा रहेको धान गहुँ, काठ, भाँडाकुडा र गरगहना गरी साढे सात लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण