शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्सामा आगलागीबाट घरगोठ जले

शुक्रबार, २३ जेठ २०८२, २२ : ०९
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • पर्साको पकहाँमैनपुर गाउँपालिका-४ मा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट, १४ लाख ५० हजारको क्षति।
  • विद्युत् सर्ट भई आगलागी भएको र स्थानीय प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइयो।
  • आगलागीमा रामाशङ्कर गिरीको घर र गोठको सामान जलेर ७ लाखको क्षति, भैँसी र पाडो घाइते, दरोगा गिरीको घरमा साढे सात लाखको क्षति।

वीरगञ्ज  । पर्साको पकहाँमैनपुर गाउँपालिका–४ खेस्रहामा आज आगजनी हुँदा दुई वटा फुसका घर र दुई गोठ पूर्णरूपमा जलेका छन् ।  विद्युत् सर्ट भएर पकहाँमैनपुर गाउँपालिका–४ ख्रेसाका रामाशङ्कर गिरी र सोही ठाउँका दरोगा गिरीको फुसको घर र गोठमा क्षति हुँदा १४ लाख ५० हजार बराबरको धनजनको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले आज बिहान विद्युत् सर्ट भएर आगजनी हुँदा दुई फुसको घर र गोठ जलेर क्षति भएको जानकारी दिए ।  ‘आगलानीको घटना थाहा हुने वित्तिकै स्थानीय प्रहरी र दमकलसहित स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो’, उनले भने, ‘तत्कालै सावधान अपनाएको कारणले कुनै पनि प्रकारको मानवीय क्षति हुन पाएन ।’ 

आगलागी कारणले रामाशङ्कर गिरीको फुसको गोठ र फुसको बस्ने घर, अन्नपात अन्नपात, लत्ताकपडा गरगहना गरी रु सात लाख मूल्य पर्ने क्षति भएको छ । त्यस्तै गरी गिरीकै एक भैँसी र पाडो जलेर घाइते भएको छ ।

त्यस्तै गरी गिरीको छिमेकी दरोगा गिरीको फुसको गोठ र बस्ने घर पूर्णरूपमा जलेर क्षति भएको छ । पर्सा प्रहरीका अनुसार गिरीको घरमा रहेको धान गहुँ, काठ, भाँडाकुडा र गरगहना गरी साढे सात लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप