शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
वाईसीएल सम्मेलन

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित

शुक्रबार, २३ जेठ २०८२, २१ : ३६
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा पुष्प ओली अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
  • अध्यक्षका लागि केही अन्य नेताहरूले पनि इच्छा देखाएका थिए, तर ओलीले बाजी मारे।
  • ओली यसअघि वाईसीएलमा उपमहासचिव र प्रचार विभाग प्रमुखको भूमिकामा थिए।

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए । यस्तै महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले बताए । 

२०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी)मा लागेका थिए । २०५९ बाट पार्टीको पूर्णकालीन सदस्य भए । ‘ढाडमा टेकेर टाउको’मा हान्ने पार्टीको प्रत्याक्रमण रणनीतिक योजना अन्तर्गत २०६१ मा गण्डक क्षेत्रमा सरुवा भए ।

२०६१ माघ १९ मा शाही सरकारले गराएको नगर निर्वाचन बिफल पार्नेक्रममा आन्तरिक बम विस्फोटनमा गम्भीर घाइते भएका थिए । २०६३ मा झक्कु सुवेदीसँगै जिल्ला समिति सदस्य भएर काठमाडौँ सरुवा भए ।

२०६३ सालमा भक्तपुर वाईसीएल सचिवालय सदस्य भए । २०७४ सालमा रामप्रसाद सापकोटा वाईसीएलको अध्यक्ष हुँदा उनी सचिव रहेका थिए । २०७९ सालमा उपमहासचिव तथा प्रचार विभाग प्रमुख भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप