भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
शुक्रबार, २३ जेठ २०८२, १६ : ११

समाचार सारांश
- भेरी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ, भने दुई बालबालिका बेपत्ता भएका छन्।
- मृत्यु हुनेमा नलगाड नगरपालिकाका १५ वर्षीय किशोरी रहेकी छन्।
- बेपत्ता हुनेमा सोही ठाउँका १२ वर्षीय र १० वर्षीय दिदिभाइ रहेका छन्, खोजी कार्य जारी छ।
जाजरकोट । भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका- ८ मन्मै भन्ने ठाउँका १५ वर्षीय भगवती नेपाली रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार सोही ठाउँका अन्दाजी १२ वर्षीय आशा कुसारी र १० वर्षीय महेश कुसारी अझै बेपत्ता छन् ।
उनीहरू दिदिभाइ हुन् । उनीहरू शुक्रबार दिउँसो पौडी खेल्न नदी पुगेका थिए । बेपत्ताहरूको खोजी कार्य भइरहेको डाँगीले बताए ।