बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
बुटवल । रुपन्देहीको बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरूलाई अनुगमन टोलीले आज बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरूमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरू दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको जनाएको छ ।
बुटवलमा विभिन्न ११ वटा मेडिकल क्लिनिकहरू अनुगमन गर्दा अहिले ६ वटा दर्ता विना सञ्चालनमा रहेको भेटिएको ताल लगाएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले रातोपाटीलाई बताए ।
यस तालाबन्दी हुनेमा बुटवल अस्पताललाईमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्स प्रयोगशाला,वरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिकलाई बन्द गराएको हो ।
अनुगमनका क्रममा अधिकांश मेडिकलहरूले क्लिनिकहरू सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको रानाले बताए ।वरदान क्लिनिक यहाँ लामो समयदेखि निसन्तानको उपचार रहेको थियो।अन्य मेडिकल तथा क्लिनिहरु पनि पुराना भएपछि दर्ता विना चलेको भेटिएको हो ।
अनुगमन स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, प्रहरीको रोहबरमा गरिएको थियो।सहायक प्रमुख जिल्ला अधिकारी रानाले बन्द गरिएका सबै क्लिनिक सञ्चालकहरूलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने र अन्य दर्ता विना पनि उपचार गरेको हक अन्य कुन कानुन आकर्षित हुन्छ सोही अनुसार अगाडि बढ्ने बताए ।
रुपन्देही जिल्लामा ५०० भन्दा बढी मेडिकल क्लिनिकहरू रहेको अनुमान गरिएको छ।पछिल्लो समय धेरै जनगुनासो आएपछि प्रशासनले अन्य पनि क्रमिक रूपमा अनुगमन गर्ने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण