सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना
सारांश
- गण्डकी प्रदेशका सांसद विकल शेरचनले राजीनामाको चेतावनी दिएका छन्, उनले फेसबुकमा राजीनामाको नमुना पोस्ट गरेका छन्।
- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट बनेका शेरचनले मुस्ताङका मागहरू बजेटमा समावेश नगरिएकोमा गुनासो गरे।
- शेरचनले आफ्नो राजीनामालाई आन्तरिक विरोधको रूपमा व्याख्या गर्दै, राजनीतिक प्रणालीमा आत्म-समीक्षाको लागि अपिल गरेका छन्।
पोखरा । गण्डकी प्रदेशका सांसद विकल शेरचनले राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राती राजीनामाको नमुना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर आफ्ना माग पूरा नभए राजीनामा दिने बताएका हुन् । उनी आजै भएको संसदीय दलको बैठकबाट बिचैमा निस्किएका थिए ।
बैठकमा कुरा राखिरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट बनेका उनी बैठकबाट बाहिरिएका बैठकमा सहभागी एक सांसदले बताए ।
‘श्रीमान्, गहिरो आत्म मन्थनपश्चात् म, गण्डकी प्रदेशसभाका सदस्य मा. विकल शेरचन पदबाट तत्काल लागू हुने गरी राजीनामा पेस गर्न चाहन्छु,’ उनले पोस्ट गरेको पत्रमा भनिएको छ । यसअघि आएका बजेट र अहिले निर्माण हुँदै गरेको बजेटमा समेत दुर्गमका मागलाई सम्बोधन हुन नसकेको उनको भनाई छ ।
‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्रदेशको प्राथमिकतामा राखिनु पर्ने हो, तर हाम्रो बजेटीय कार्यशैलीले बारम्बार यस जिल्लालाई पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ उनले भने, ‘पूर्वाधार, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम, जलवायु अनुकूलन, र युवाका अवसरहरू जस्ता विषयमा ठोस योजना ल्याउने मेरो आग्रहहरूलाई बेवास्ता गरिएको अनुभव हुँदै आएको छ ।’
उनले राजीनामालाई आन्तरिक विरोध भनेका छन् । ‘मेरो राजीनामा कुनै भागदौड होइन, बरु यो एक आन्तरिक विरोध हो । एक जिम्मेवार अपिल हो, जसले हाम्रो राजनीतिक तथा नीति निर्माण प्रणालीमा आत्म समीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले अघि लेखेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट मुस्ताङ ख बाट निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण