झापामा करेन्ट लागेर आठ जना घाइते
सारांश
- झापाको कनकाई नगरपालिका-२ मा करेन्ट लाग्दा आठ जना घाइते भएका छन्, जो हात्ती छेक्न लगाइएको तारको कारण घाइते भएका हुन्।
- घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ र सबैको अवस्था सामान्य छ।
- कमल गाउँपालिका-२ तोपगाछीमा बाथरुममा चिप्लिएर एक जनाको मृत्यु भएको छ।
झापा । कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आज आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् ।
स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो । घाइते हुनेहरूरुमा कनकाई ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन् ।
घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आजै कमल गाउँपालिका–२ तोपगाछीमा बाथरुमा चिप्लिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ९३ नरप्रसाद पौडेल रहेका छन् ।
आफ्नै घरको बाथरूमबाट निस्कने क्रममा चिप्लिएर लड्दा उनी घाइते भएका हुन् । उनलाई उपचारका लागि बिराटनगरस्थित टिचिङ अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण