१५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता धनगढीमा सुरु
सारांश
- धनगढीमा १५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ, जसमा विभिन्न खेलका खेलाडीहरू प्रतिस्पर्धा गर्दैछन्।
- प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरू केन्द्रीय राष्ट्रपति रनिङ शिल्डका लागि छनोट हुनेछन्, र यो जेठ २५ गतेसम्म चल्नेछ।
- सुदूरपश्चिम प्रदेश सरकारको संयोजनमा भइरहेको यस प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान र विकासमा सघाउने अपेक्षा गरिएको छ।
धनगढी । १५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजबाट धनगढीस्थित रंगशालामा सुरु भएको छ। प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूबीच एथलेटिक्स, कराते, भलिबल, कबड्डी लगायतका खेलतर्फ प्रतिस्पर्धा भइरहेको छ।
छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई यही वर्ष हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सिफारिस गरिने छ। प्रतियोगिता भोलि, जेठ २५ गतेसम्म सञ्चालन हुनेछ।
गत वर्ष सम्पन्न १४औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको थियो। त्यही उपलब्धिलाई आधार मानेर यसपटक पनि प्रदेशस्तरीय छनोटमा सहभागी खेलाडीहरू उत्साहित देखिएका छन्।
सुदूरपश्चिम प्रदेश सरकार, खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कैलालीको संयोजनमा भइरहेको यो प्रतियोगिताले नयाँ प्रतिभा पहिचान र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण