बजेट
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्याे*
बिहीबार, १५ जेठ २०८२, १७ : ००
१

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ पुर्याएकाे छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार पुर्याउने जानकारी दिए ।
कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ । तथापि २०८२ साउन १ देखि लागू हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाँच हजार पाउने भएका छन्।
यसअघि कर्मचारीहरुले महँगी भत्ता बापत दुई हजार पाउँदै आएका थिए । याे वर्ष तीन हजार महँगी भत्ता बढाएर पाँच हजार पुर्याइएकाे हाे ।
*यसअघि अन्यथा भएकाले सच्याइएकाे छ - सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम
-
फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात
-
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
-
मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका बेपत्ता पाँच सदस्य मृत फेला परे
-
ललितपुरमा खाजा खान होटेलमा पसेका युवकको शङ्कास्पद मृत्यु
-
माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियान सञ्चालन गर्ने