विन्दवासिनी कोइलाभार साझेदारी वनबाट ४ थान गोलिया बरामद

पर्सा । डिभिजन वन कार्यालय पर्सा अन्तर्गतको बर्ढनिहार सब डिभिजन वन कार्यालयबाट खटिएको टोलीले चोरी तस्करी गरेर लैजाँदै गरेको ४ थान गोलिया शुक्रबार बरामद गरिएकाे छ ।
पर्साको विन्दवासिनी कोइलाभार साझेदारी वनबाट तस्करहरूले ओसार्दै गरेको अवस्थामा वन कर्मचारीले उक्त गाेलिया नियन्त्रणमा लिएका हुन् । विशेष सूचनाका आधारमा पुगेको वन कर्मचारी र वन रक्षकहरूलाई देख्नासाथ तस्करहरूले साइकल सहित काठ छोडेर भागेको बर्ढनियार सब डिभिजन कार्यालयले जनाएको छ ।
बर्ढनियार सब डिभिजनका प्रमुख नवनित मिश्रको नेतृत्वमा खटिएको टोली सो काठ सहितको साइकल नियन्त्रणमा लिएको हो ।
बरामद सालको गोलियालाई बर्ढनिहार सब डिभिजनको नियन्त्रणमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले बताएका छन् ।
उनले पछिल्लो समय अवैध काठ, दाउरा ओसारपोसारमा नियन्त्रण गर्न निगरानी बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी राफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला