विन्दवासिनी कोइलाभार साझेदारी वनबाट ४ थान गोलिया बरामद
पर्सा । डिभिजन वन कार्यालय पर्सा अन्तर्गतको बर्ढनिहार सब डिभिजन वन कार्यालयबाट खटिएको टोलीले चोरी तस्करी गरेर लैजाँदै गरेको ४ थान गोलिया शुक्रबार बरामद गरिएकाे छ ।
पर्साको विन्दवासिनी कोइलाभार साझेदारी वनबाट तस्करहरूले ओसार्दै गरेको अवस्थामा वन कर्मचारीले उक्त गाेलिया नियन्त्रणमा लिएका हुन् । विशेष सूचनाका आधारमा पुगेको वन कर्मचारी र वन रक्षकहरूलाई देख्नासाथ तस्करहरूले साइकल सहित काठ छोडेर भागेको बर्ढनियार सब डिभिजन कार्यालयले जनाएको छ ।
बर्ढनियार सब डिभिजनका प्रमुख नवनित मिश्रको नेतृत्वमा खटिएको टोली सो काठ सहितको साइकल नियन्त्रणमा लिएको हो ।
बरामद सालको गोलियालाई बर्ढनिहार सब डिभिजनको नियन्त्रणमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले बताएका छन् ।
उनले पछिल्लो समय अवैध काठ, दाउरा ओसारपोसारमा नियन्त्रण गर्न निगरानी बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण