अनेरास्ववियुको नेतृत्वमा सहमति जुटाउने जिम्मा ७ नेतालाई, कसको सम्भावना बढी ?

समाचार सारांश
- नेकपा एमाले निकट अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन जेठ २५ गतेबाट सुरु हुँदैछ। अध्यक्ष ओलीले नेतृत्व सहमतिमै चयन गर्न सुझाव दिएका छन्।
- अध्यक्ष ओलीले ३२ वर्षमुनिका पदाधिकारीलाई छलफल गरेर सर्वसहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिएका छन्। सचिवालयले उमेर हदको मापदण्ड लागू गर्ने निर्णय गरेको थियो।
- महाधिवेशनमा नेतृत्व चयनका लागि समन्वय संयन्त्र प्रमुखसहित सात जना नेतालाई जिम्मेवारी दिइएको छ। सहमति भए प्रकाश पौडेल र दीपक धामीमध्ये एक अध्यक्ष र एक महासचिव बन्ने सम्भावना छ।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वयिुको २४औँ राष्ट्रिय महाधिवेशन जेठ २५ देखि सुरु हुँदै छ । त्यसअघि संगठनका नेताहरूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर महाधिवेशनको तयारीबारे आवश्यक ब्रिफिङ गरेका छन् ।
ब्रिफिङ गर्न जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको नेतृत्वमा बालुवाटार पुगेका पूर्वअध्यक्षहरु माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बरालसहित वर्तमान पदाधिकारीहरूलाई अध्यक्ष ओलीले पार्टी चौतर्फी घेराबन्दीमा रहेकाले अनेरास्ववियुले नेतृत्व सहमतिमै चयन गर्न सुझाव दिएको बताइएको छ ।
त्यसक्रममा उनले सचिवालयले गरेको उमेर हदको व्यवस्था कार्यान्वयन गरेर अघि बढ्न प्रस्ट निर्देशन समेत दिएका छन् ।
‘पार्टी अध्यक्षले व्यक्तिको हकमा केही भन्नुभएको छैन, जो भएपनि अखिल हाँक्न सक्ने सक्षम व्यक्ति नेतृत्वमा पुग्नुपर्ने सन्देश दिनुभएको छ’, ओलीको भनाई उद्धृत गर्दै भेटमा सहभागी एक नेताले रातोपाटीसँग भने, ‘तपाईँहरू ३२ वर्षमुनिका हालका पदाधिकारी ५ जना हुनुहुन्छ, पाँचै जनाकोबिचमा छलफल गरेर सर्वसहमतिमा नेतृत्व टुङ्ग्याउनुस् ।’
जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ बर्से उमेरहदको मापदण्ड लागू गर्ने निर्णय गरेको थियो । यो निर्णयअनुसार महाधिवेशनमा हालका पाँच जना सचिवहरूमध्येबाट नेतृत्व चयन हुने निश्चित जस्तै छ । सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, आरती भट्टराई र अञ्जना सिवाकोटी अध्यक्षका मुख्य आकाङ्क्षी छन् ।
- ७ नेतालाई जिम्मेवारी
सहमतिमै नेतृत्व चयन गर्न अध्यक्ष ओलीले समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालसहित पूर्व अध्यक्षहरू माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल र वर्तमान अध्यक्ष समिक बडाललाई जिम्मेवारी दिएका छन् ।
‘सहमतिमा नेतृत्व चयनका लागि सात जना नेताहरूलाई जिम्मेवारी दिइएको छ’, एक पदाधिकारीले भने, ‘सहमतिमै नेतृत्व चयन हुने सम्भावना बढी छ ।’
ती पदाधिकारीका अनुसार सहमति हुँदा प्रकाश पौडेल र दीपक धामीमध्ये एक जनामा सहमति जुट्नसक्छ ।
‘सहमति हुँदा पौडेल र धामीमध्ये एक अध्यक्ष र एक महासचिव हुने सम्भावना छ’, ती नेताले भने, ‘बाँकी अन्य पदमा व्यवस्थापन हुनसक्छ ।’ महाधिवेशनले नौ पदाधिकारी १५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । अध्यक्षपछि एक महिलासहित २ उपाध्यक्षमा पनि आकाङ्क्षीहरूबिच प्रतिस्पर्धा देखिएको छ । उपाध्यक्षमा हालका सचिवहरू अध्यक्ष र महासचिव नपाउने उपाध्यक्षका स्वतः दाबेदार हुन् । त्यसबाहेक स्थायी कमिटी सदस्यहरू गोपाल नेपाल, भरतसिंह धामी, रक्षा बम, भवानी बजगाईं, राजकुमार ढकाल लगायत समेत आकाङ्क्षीका रूपमा रहेका छन् । त्यस्तै उपमहासचिवका प्रेमिका राज्यलक्ष्मी शाही र रेखा थापाले पनि आकाङ्क्षा देखाएका अनेरास्ववियुभित्र चर्चा छ ।
- प्रतिनिधि छान्न अझै बाँकी
महाधिवेशनमा करिब १५ प्रतिनिधि सहभागी उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । तर कतिपय जिल्लामा विवादका कारण अझै प्रतिनिधिहरू छनोट हुन सकेका छैनन् ।
विवाद भएका जिल्लामा २४ गतेभित्र टुंग्याउनेगरी काम भइरहेको अनेरास्ववियुले जनाएको छ । नेताहरूका अनुसार गण्डकीको कास्की, बागलुङसहित कोशीका केही जिल्ला तथा कर्णाली र मधेसका केही जिल्लामा प्रतिनिधि टुंग्याउन बाँकी नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा भाग लिने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी