व्यवसायमुखी युट्युब च्यानलको रूपमा आइडियाप्रिन्योरले बनायो इतिहास
काठमाडौँ । मनोरञ्जन र ट्रेन्डिङ कन्टेन्टको भीडबिच नेपाली युट्युब प्लेटफर्ममा एउटा यस्तो च्यानलले पहिचान बनाएको छ । जसले न भाइरल हल्ला सिर्जना गर्यो, न त सेलिब्रिटी गसिप । यसको ध्येय थियो वित्तीय शिक्षा र जीवन रूपान्तरण ।
सञ्जोग कोइरालाद्वारा सन् २०१९ मा स्थापना गरिएको आइडियाप्रिन्योर नेपाल ले जम्मा १५१ भिडियोमै ५ लाख सब्सक्राइबर पार गर्दै नेपालको पहिलो वित्तीय र व्यवसायमुखी युट्युब च्यानलको रूपमा नयाँ इतिहास रचेको छ ।
कोरोना महामारीको कठिन समय, एउटा फोनको क्यामेरा, सेतो भित्ताको पृष्ठभूमि र दृढ संकल्पबाट सुरु भएको यस च्यानलको उद्देश्य सधैं स्पष्ट थियो - नेपाली भाषामा, नेपाली सन्दर्भमा वित्तीय साक्षरता विस्तार गर्नु ।
कोइरालाका अनुसार, “हामी कहिल्यै ‘भ्यूज’ र ‘सब्सक्राइबर’ पछाडि दौडिएनौं। हामीले मानिसको जीवनमा परिवर्तन खोज्यौं।“ त्यसैले पनि, ‘बिना पुँजी साइड हसल कसरी सुरु गर्ने’, ‘बचत गर्ने सरल तरिका’, ‘विद्यार्थी अवस्थामै कसरी आर्थिक रूपमा सक्षम हुने’ जस्ता विषयवस्तुहरूले हजारौं युवाहरूको सोचमा रूपान्तरण ल्याएका छन् ।
नेपालमा शिक्षा प्रणालीले ‘बचत’, ‘लगानी’, ‘ऋण’, ‘बीमा’ जस्ता व्यवहारिक विषयलाई बेवास्ता गरिरहेको सन्दर्भमा आइडियाप्रिन्योर नेपाल ले त्यस अभावलाई भरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण