अहिलेका राजनीतिक दलहरू यथावत रहेसम्म देश बदलिँदैन : घनश्याम भुसाल
शुक्रबार, ३० जेठ २०८२, १७ : ३५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेका पार्टीहरू यथावत रहेसम्म देश नबदलिने बताएका छन् ।
नेसपा(नयाँ शक्ति)ले १० औँ पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा उनले गणतन्त्र ल्याउन भूमिका खेलेका नेताहरू नै दलाल पुँजीवादसँग गठजोड गरेकाले राजनीति वाक्कदिक्क भएको जिकिर गरे ।
‘गणतन्त्रका कार्यकारी पदमा बसेका दुई तीन नेताहरूको नालायकीले ज्ञानेन्द्र शाही र दुर्गा प्रसाईँले प्रश्न उठाउने ठाउँ बनेको छ । जनता अलमलमा परेका छन् । उहाँहरूले दलाल पुँजीवादसँग गठजोड गरेकाले राजनीति फेरिँदैन । हामीले गणतन्त्र ल्यायौँ । राजा भएर दरबार पसे । यसैकारण सबैतिर अस्तव्यस्त भएको छ’, भुसालले भने ।
दलाल पुँजीवादलाई ध्वस्त नपारेसम्म बाबुराम भट्टराईले जतिसुकै समृद्धिको कुरा गरे पनि काम नलाग्ने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण