शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

अहिलेका राजनीतिक दलहरू यथावत रहेसम्म देश बदलिँदैन : घनश्याम भुसाल

शुक्रबार, ३० जेठ २०८२, १७ : ३५
शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेका पार्टीहरू यथावत रहेसम्म देश नबदलिने बताएका छन् । 

नेसपा(नयाँ शक्ति)ले १० औँ पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा उनले गणतन्त्र ल्याउन भूमिका खेलेका नेताहरू नै दलाल पुँजीवादसँग गठजोड गरेकाले राजनीति वाक्कदिक्क भएको जिकिर गरे । 

‘गणतन्त्रका कार्यकारी पदमा बसेका दुई तीन नेताहरूको नालायकीले ज्ञानेन्द्र शाही र दुर्गा प्रसाईँले प्रश्न उठाउने ठाउँ बनेको छ । जनता अलमलमा परेका छन् । उहाँहरूले दलाल पुँजीवादसँग गठजोड गरेकाले राजनीति फेरिँदैन । हामीले गणतन्त्र ल्यायौँ । राजा भएर दरबार पसे । यसैकारण सबैतिर अस्तव्यस्त भएको छ’, भुसालले भने ।

दलाल पुँजीवादलाई ध्वस्त नपारेसम्म बाबुराम भट्टराईले जतिसुकै समृद्धिको कुरा गरे पनि काम नलाग्ने उनले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप