काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर अहिले पुनर्निर्माणको क्रममा छ । हालसम्मलाई देशको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् ।
माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यतामा अब कङ्क्रिट प्यारापिट थपिन लागेको हो । साथै यसमा फ्लडलाइट पनि जडान हुनेछ । त्यसपछि रात्रिकालीन क्रिकेट पनि आयोजना गर्न सकिनेछ ।
नेपालले विशेष गरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मे हम्मे पर्दै आएको थियो । प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्नेछन् । कीर्तिपुर मैदानमा पुनर्निर्माणका कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउनेछ ।
त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दै आएको छ । अहिले तीन चरणमा काम धमाधम भइरहेको छ । कीर्तिपुर क्रिकेट मैदानको पुनःनिर्माणसम्बन्धी न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका केही तस्बिरहरू आजको फोटो फिचरमा :
प्रतिक्रिया