सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
सारांश
- काठमाडौँ महानगरपालिका वडा नम्बर–६ बौद्ध गेट नजिकै खाजा पसल सञ्चालन गर्दै आएकी २७ वर्षीया सालु गुरुङले श्रीमान्सँगको विवादपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।
- श्रीमान विश्वकप फुटबल हेर्न बाहिर गई रातभर घर नफर्केपछि विवाद बढेको र त्यसै कारण उनले खाजा घरको पार्किङमा आगो लगाएको अनुसन्धानबाट खुलेको छ ।
- गुरुङको अनुहार र अन्य भागमा करिब ३३ प्रतिशत जलेको छ र उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–६ स्थित बौद्ध गेट नजिकै खाजा पसल चलाउँदै आएकी महिलाले आत्मदाह प्रयास गरिन् ।
साउन ४ मा दिउँसो २ बजेर ५० मिनेटमा २७ वर्षीया सालु गुरुङ जल्दै गरेको देखेपछि उनका श्रीमानले आगो निभाएर उनलाई अस्पताल लगे ।
साँखु स्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा सामान्य उपचारपछि उनलाई कीर्तिपुर स्थित बर्न अस्पताल रिफर गरिएको थियो । गुरुङको अहिले कीर्तिपुरमा उपचार हुँदै छ ।
गुरुङको अनुहार र अन्य भागमा करिब ३३ प्रतिशत जलेको कीर्तिपुर बर्न अस्पतालका निर्देशक डा.किरण नकर्मीले बताए । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–३ घर भएर गुरुङ र उनका श्रीमान् गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा बस्दै आएकी थिइन् ।
श्रीमानसँग सालुको विवाद थियो । श्रीमानसँग विवादको कारण नै उनले आत्मदाह प्रयास गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँले आत्मदाह प्रयास गर्नुको कारण दम्पती बिचको विवाद रहेको देखिन्छ ।’
श्रीमान् विश्वकप फुटबल हेर्न बाहिर गएको र रातभर घर नफर्केपछि उनीहरूको बिचमा विवाद बढेको थियो । विवाद बढेपछि उनले खाजा घरको पार्किङमा गएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनको अनुहार, छाती र दुवै हात जलेको छ ।

असार २५ पछि काठमाडौँमा मात्र ४ वटा आत्मदाहका घटना भएका छन् । त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडी असार २५ मा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको थियो ।
पार्किङको विषयमा काठमाडौँ महानगर प्रहरी बलका सुरक्षाकर्मीसँग विवाद हुँदा मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ जवलधाराका २५ वर्षीय गणेशले आत्मदाह गरेका हुन् । स्थानीय प्रशासन र गणेशका परिवारको बिचमा घटनाको सत्यतथ्य र निस्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने सहमति भएको छ ।
असार २७ मा बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले आत्मदाह गरे । उनले आफ्नै घरको भान्साकोठामा आफैँलाई आगो लगाएका हुन् । उपचराको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।
_ke6hmvuewe_XLPTtgxmKE.jpg)
साउन ५ मा कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका सुरेशचन्द्र श्रेष्ठले पनि आत्मदाह गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुर स्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए ।
आफैँले चलाएको बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँट स्थित चाँदनी चोकमा उनले आफैँलाई जलाएका हुन् । श्रेष्ठ औषधीको व्यवसाय गर्दै आएका थिए ।
कोरोना सङ्क्रमण सुरु भएपछि औषधीको व्यापारमा घाटा लाग्यो । त्यसपछि उनी ऋणमा डुबेका थिए । आर्थिक रूपमा कमजोर भएपछि उनी तनावमा रहेको पारिवारिक स्रोतको भनाई छ ।
सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो । असार २६ मा गोडैता नगरपालिका–१० घर भएका ३५ वर्षीय मण्डलले आत्मदाह प्रयास गरेका थिए । उपचारको क्रममा उनको कीर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।
सप्तरीको राजविराज स्थित जिल्ला कारागारमा साउन २ मा ५ जना कैदीबन्दीले आत्मदाह प्रयास गरे ।
काठमाडौँमा भएका थप दुईवटा आत्मदाह प्रयासको घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर काउन्सिलिङ गरेको छ । कीर्तिपुर स्थित नयाँ बजारमा सड्क पेटीमा तरकारी बेच्दै आएका जीवन अधिकारीलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । नगर प्रहरीको हस्तक्षेपका कारण तरकारी बेच्ने समय थोरै भएको हुनाले जीविकोपार्जन कठिन भएको भन्दै उनले आत्मदाह प्रयास गरेका हुन् । असार ४ मा उनले आत्मदाह प्रयास गरेका थिए ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै मंगलबार विशाल तामाङले शीतलनिवास अगाडी आत्मदाह प्रयास गरे । आत्मदाह गर्न खोज्ने २७ वर्षीय तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ । तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् ।
रौतहटको गरुडामा असार ३१ मा २८ वर्षीय गौतमकुमार सहनीले आत्मदाह प्रयास गरे । गरुडा नगरपालिका वडा नम्बर–९ घर भएका सहनीको अहिले कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण