आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

नागढुंगामा माइक्रोबस दुर्घटना

शनिबार, ३१ जेठ २०८२, १६ : ४३
शनिबार, ३१ जेठ २०८२

काठमाडौं । नागढुंगा चेकप्वाइन्ट नजिकै पिप्लामोडमा हाइस माइक्रो दुर्घटना भएको छ । 

चितवन जाँदै गरेको बा.३ ख ८६२९ नम्बरको माइक्रो दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । 

प्रहरीले दुर्घटनास्थलबाट १९ जना यात्रुको उद्धार गरेको छ । माइक्रो सडकबाट करिब १३० फिट तल खसको छ । प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरी नेतृत्वको टिमले घाइतेहरूलाई उद्धार गरेको हो । घाइतेहरूलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप