छुटेलगत्तै समातिएका युनुश अन्सारी पुगे अदालत
सारांश
- नक्कली भारतीय नोट मुद्दामा दोषी ठहरिएका युनुश अन्सारी ६ वर्ष कैदपछि छुटे लगत्तै पुनः पक्राउ परेका छन्।
- सीआईबीले सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको र उनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।
- अदालतले उनलाई ६ वर्ष कैद र जरिवाना तोकेको थियो भने उनलाई नख्खु कारागारमा सारिएको थियो।
काठमाडौँ । नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भई ६ वर्ष कैद काटेर छुटेलगत्तै समातिएका युनुश अन्सारी अदालत पुगेका छन् । अन्सारी जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए ।
छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको थियो । सीआईबीले उनीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
२०७६ जेठ १० मा अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो ।
सो घटनामा अन्सारीलाई अदालतले ६ वर्ष कैद सजाय र ६० हजार जरिवाना ठहर गरेको थियो । उनलाई सुरुमा केन्द्रीय कारागारमा सुन्धारामा राखिएकोमा कारागारभित्रै भारतीय सुटर मनमित भटियाले हत्या प्रयास गरेका थिए । त्यसपछि नख्खु कारागार सारिएको थियो ।
कैद कट्टालगत्तै पुनः समातिएपछि अन्सारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर शुक्रबार उच्च अदालत पाटन पुगेका हुन् । उनले नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान सम्पत्ति शुद्धीकरण शाखा, कारागार कार्यालय नख्खु र जिल्ला अदालत काठमाडौँलाई विपक्षी बनाएका छन् ।
उनको रिटमाथि आज पेसी तोकिएको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा अन्सारीले दायर गरेको बन्दी रिटमाथि सुनुवाइ हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण