सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

उच्च अदालत पाटनले माग्यो युनुश अन्सारीलाई थुनामा राख्नुको कारण

आइतबार, ०१ असार २०८२, १६ : ३५
आइतबार, ०१ असार २०८२

काठमाडौँ । नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भई ६ वर्ष कैद भुक्तान गरेर छुटेलगत्तै समातिएका युनुश अन्सारीलाई थुनामा राख्नुको कारण देखाउन उच्च अदालत पाटनले विपक्षीका नाममा आदेश गरेको छ । 

न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । अन्सारी गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए ।

छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप