सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

‘मिरमिरे’मा सिर्जना निङलेखुको इन्ट्री

आइतबार, ०१ असार २०८२, २० : ३७
आइतबार, ०१ असार २०८२

काठमाडौँ । फिल्म ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो । 

सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । 

पहिलो चलचित्रमा पनि दयाहाङसँग सहकार्य गरेकी उनले दोस्रो चलचित्रमा पनि दयाहाङसँगै काम गर्ने भएकी हुन् । 

'मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु । महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु,' अनुबन्धित भएपछि उनले भनिन्, 'यो विश्वासका लागि सबैभन्दा पहिला निर्माण टिम र निर्देशकलाई धन्यवाद भन्छु ।' उनले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताएकी छन् । 

यद्यपि यस फिल्ममा सिर्जनाको जोडी को हुने भन्नेमा निर्माणपक्षले केही खुलाएको छैन । अन्य कलाकारको लाइनअपबारे निर्माण टिमले जानकारी दिएको छैन । ‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दैछन् । 

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन् । फिल्मको निर्देशनसँगै कथा पनि यम शेर्पा स्वयंको छ । 

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको यस फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

‘मिरमिरे’ २०८२ भित्रमै रिलिज हुने निर्माण पक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप