श्रेयसीले जितिन् ‘मिस एसईई इटहरी’को ताज
काठमाडौँ । ‘मिस एसईई इटहरी’को उपाधि श्रेयसी भट्टराईले जितेकी छन् ।
शनिबार इटहरीको लायन्स क्लबमा अबेर साँझ सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले शीर्ष उपाधि जितेकी हुन् । उनले उपाधिका साथ प्रतियोगितामा एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति र सुष्मा गोदावरी कलेजबाट १२ कक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिसहित अन्य उपहारहरू प्राप्त गरेकी छन् ।
त्यस्तै प्रतियोगितामा अदिति गुरागाईं फर्स्ट रनरअप र पवित्रा कुँवर सेकेन्ड रनर अप र अमिका घिमिरे थर्ड रनर अप भए । तीनै जनाले सुष्मा गोदावरी कलेजमा कक्षा १२ सम्मको अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरे ।
ओपन स्पेस प्रालिको आयोजनामा सरोज श्रेष्ठ निर्देशक रहेको प्रतियोगिताको निर्णायकमा कोशी प्रदेश प्याब्सन अध्यक्ष सुमित थापा, उद्यमी एवं सञ्चारकर्मी बिजु श्रेष्ठ, शिक्षिका रेश्मा रायमाझी, अधिवक्ता अदव बान्तवा र मिस नेपाल २००५ सुगरिका केसी रहेका थिए ।
प्रतियोगिताको कोरियोग्राफर शुभेक्षा कार्की रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका प्रस्तावित उपकुलपतिमध्ये तीन/तीन जनाको नाम टुंगियो
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण