सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण

आइतबार, ०१ असार २०८२, २२ : ०४
आइतबार, ०१ असार २०८२

काठमाडौँ । पछिल्लो तीन दिनयता इजरायल र इरानबीच विकसित घटनाक्रमलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले ती देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र दोहास्थित नेपाली राजदूतहरूसँग टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपालीहरूको अवस्था र सुरक्षाबारे जानकारी लिएका छन् । 

साथै, नेपाल सरकारको तर्फबाट सम्बन्धित निकायमार्फत नियमित रूपमा सुरक्षा सतर्कता सम्बन्धी सूचना प्रवाह भइरहेको मन्त्रालयले जनाएको छ ।

हाल इजरायलमा करिब ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली रहेका छन् । दुबै देशमा रहेका सबै नेपाली सकुशल रहेको जानकारी आएको परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ ।

दुवै देशमा रहेका नेपाली नागरिकहरूलाई आवश्यक परेमा सम्बन्धित नेपाली दूतावाससँग सम्पर्क गर्न तथा टेलिफाेन वा इमेलमा सम्पर्क गर्न आग्रह गरिएको छ । 

496516142_2277586066002826_3238474680836650219_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप