इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
काठमाडौँ । पछिल्लो तीन दिनयता इजरायल र इरानबीच विकसित घटनाक्रमलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले ती देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।
आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र दोहास्थित नेपाली राजदूतहरूसँग टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपालीहरूको अवस्था र सुरक्षाबारे जानकारी लिएका छन् ।
साथै, नेपाल सरकारको तर्फबाट सम्बन्धित निकायमार्फत नियमित रूपमा सुरक्षा सतर्कता सम्बन्धी सूचना प्रवाह भइरहेको मन्त्रालयले जनाएको छ ।
हाल इजरायलमा करिब ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली रहेका छन् । दुबै देशमा रहेका सबै नेपाली सकुशल रहेको जानकारी आएको परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ ।
दुवै देशमा रहेका नेपाली नागरिकहरूलाई आवश्यक परेमा सम्बन्धित नेपाली दूतावाससँग सम्पर्क गर्न तथा टेलिफाेन वा इमेलमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण