बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला
सोमबार, ०२ असार २०८२, १२ : ०९
सारांश
- सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ। हात्ती बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा मृत अवस्थामा भेटिएको हो।
- मृत फेला परेको हात्ती ५ देखि ७ वर्षको भाले हात्ती रहेको अनुमान गरिएको छ। हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन।
- जिल्ला वन कार्यलय सुनसरी र कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ।
धरान । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उनले बताए । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती रहेको छ । हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण