जय पराजय
सोमबार, ०२ असार २०८२, १२ : ४०
अहिलेको हाम्रो राजनीति
राष्ट्रकै चीरहरण गर्दै छ
दलीय खेलमा निपुण जति
मै खाउँ मै लाउँ भन्दै छ !
द्वापरमा हस्तिनापुरको
छल र कपटको कूटनीतिले नै
सम्पूर्ण राजकाज चल्दथ्यो
आज यहाँ पनि त्यस्तै लाग्दै छ !
सबले छ एक दिन मरेर जानु
तर पापको घैला भरिँदै छ
सोच किन आफ्नो महान राष्ट्र
निरन्तर बाह्य घच्चा सहँदै छ ?
आज त सतयुग द्वापर त्रेता
सबको कथा शेष भइसक्या छ
कलियुग महिमा अपरम्पार छ
‘होनहार दैव नटार’ भएको छ !
जाग प्रिय बन्धु हो अब त जाग
महाभारत किन मच्चाउँदै छौँ ?
कि देशघाती पाप कर्मले
स्वदेश असफल बनाउँदै छौँ ?
पछिता न रहन्छ दुर्योधनै
न त कोही पाण्डवहरू नै
यो ता मर्त्यलोक हो प्यारा
आएका सब जानलाई नै !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण