जय पराजय
सोमबार, ०२ असार २०८२, १२ : ४०

अहिलेको हाम्रो राजनीति
राष्ट्रकै चीरहरण गर्दै छ
दलीय खेलमा निपुण जति
मै खाउँ मै लाउँ भन्दै छ !
द्वापरमा हस्तिनापुरको
छल र कपटको कूटनीतिले नै
सम्पूर्ण राजकाज चल्दथ्यो
आज यहाँ पनि त्यस्तै लाग्दै छ !
सबले छ एक दिन मरेर जानु
तर पापको घैला भरिँदै छ
सोच किन आफ्नो महान राष्ट्र
निरन्तर बाह्य घच्चा सहँदै छ ?
आज त सतयुग द्वापर त्रेता
सबको कथा शेष भइसक्या छ
कलियुग महिमा अपरम्पार छ
‘होनहार दैव नटार’ भएको छ !
जाग प्रिय बन्धु हो अब त जाग
महाभारत किन मच्चाउँदै छौँ ?
कि देशघाती पाप कर्मले
स्वदेश असफल बनाउँदै छौँ ?
पछिता न रहन्छ दुर्योधनै
न त कोही पाण्डवहरू नै
यो ता मर्त्यलोक हो प्यारा
आएका सब जानलाई नै !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता
-
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाले विरोध जारी राख्ने
-
हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर
-
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति
-
‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा कोपिला भ्याली छनोट