बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

बुधबार, ०४ असार २०८२, १३ : ११
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले १ किलो १ सय ६० ग्राम सुनसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा भारत घर भएकी ५३ वर्षीया खेमानी मिना सिंह छिन्, जो दुबईबाट आएकी थिइन्।
  • प्रहरीले बरामद गरेको सुन अर्धठोस अवस्थामा रहेको र उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो १ सय ६० ग्राम सुनसहित एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ५३ वर्षीया खेमानी मिना सिंह छिन् ।

दुबईबाट एयर अरेबियाको विमान आएकी उनलाई मङ्गलवार राति पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए । 

अर्धठोस अवस्थाको सुन बरामद गरेर विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी राठौरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप