३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड

समाचार सारांश
- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्टक ब्रोकर नियमावली २०६४ संशोधन गर्न लागेको छ, जसले ब्रोकरहरूको पुँजी बढाउन समय थप गर्नेछ।
- नियामावली अनुसार, ब्रोकर कम्पनीहरूले असार मसान्तसम्म २० करोड चुक्ता पुँजी पुर्याउनुपर्ने थियो, तर व्यवसायीहरूले समय थपको माग गरेका थिए।
- बोर्डले ब्रोकर एसोसिएसनको आग्रहमा आन्तरिक छलफलपछि नियमावली संशोधनको अन्तिम चरणमा पुर्याएको छ, जसले व्यवसायीहरूलाई सहजता प्रदान गर्ने देखिन्छ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘स्टक ब्रोकर नियमावली, २०६४’ को छैटौँ संशोधन गर्न लागेको छ । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्कट ब्रोकर)को पुँजी बढाउन समय थप गर्नेगरी बोर्डले नियामवाली संशोधन गर्ने लागेको हो ।
तत्कालीन बोर्डका अध्यक्ष रमेश हमालले ब्रोकर लाइसेन्स दिने र पुराना ब्रोकरको पुँजी वृद्धि गर्ने गरी २०७९ भदौ २९ गते स्टक ब्रोकर नियमावली २०६४ को पाँचौँ संशोधन गरेका थिए ।
पाँचौँ संशोधनमा नयाँ कम्पनीलाई लाइसेन्सको बाटो खुला गरी पुराना ब्रोकरको भने पुँजी वृद्धि हुनुपर्ने व्यवस्था गरिएको थियो । जसअनुसार नियमावलीले तीन वर्षभित्र पुराना ब्रोकर कम्पनीले २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने बाध्यता थियो ।
नियामावली अनुसार २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने समय एक महिना पनि छैन । अर्थात स्टक ब्रोकर नियमावली अनुसार असार मसान्तसम्म ब्रोकर कम्पनीहरूले चुक्ता पुँजी वृद्धि गरिसक्नु पर्ने छ ।
तर, ब्रोकर व्यवसायीहरूले बोर्डले दिएको समयभित्र पुँजीवृद्धि गर्न सक्ने अवस्था नरहेको भन्दै समय थप गर्न ध्यानाकर्षण गरिरहेका छन् । यहीबीचमा बोर्डले स्टक ब्रोकर नियमावली नै संशोधन गर्न लागेको हो ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले ब्रोकरहरूले नियमावली संशोधन गर्न गरेको आग्रहका आधारमा बोर्डको आन्तरिक छलफलपछि नियमावली संशोधन गर्न लागिएको जानकारी दिए । उनले नियमावली संशोधनका लागि बोर्डले अध्ययन कमिटी गठन गरेर संशोधनको अन्तिम अवस्थामा पु-याएको बताए।
उनले भने, ‘ब्रोकर एसोसिएसनले धेरै पटक ब्रोकर कम्पनीहरूलाई पुँजीवृद्धिको लागि समय थप गर्न निवेदन दिँदै आग्रह गर्नु भएको थियो। हामीले पनि त्यसमा थप छलफल गरेर नियमावली संशोधनका लागि आन्तरिक अध्ययन कमिटी गठन गरे संशोधनको काम अन्तिम चरणमा पुर्याएका छौं ।’
उनले ब्रोकर व्यवसायीहरूको मागलाई आवश्यक अध्ययन गरी नियमावली संशोधनको प्रक्रियामा रहेको उल्लेख गरे ।
बोर्डले नियमावली बनाएपनि समयमा नै निर्देशिका जारी गर्न नसक्दा ब्रोकर कम्पनीहरूले तोकेको पुँजी वृद्धि गर्न नसकेको बताउँदै आएका छन् । बोर्डले गत चैत १८ गतेमात्रै ब्रोकर कम्पनीहरू ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो । तर ब्रोकरहरु मर्जर हुने बाटो खुला भए पनि छोटो समय भएकाले कुनै पनि कम्पनीहरू मर्जर भएको अवस्था छैन ।
- ३८ ब्रोकर कम्पनी सकसमा
तत्कालीन बोर्ड अध्यक्ष हमालले नियमावली संशोधन गरेको व्यवस्था अनुसार पुराना ५० ब्रोकर कम्पनीमध्ये ८ बाहेक अन्य ३८ कम्पनीको २० करोड चुक्ता पुँजी पुग्दैन ।
नियमावलीले मर्जर तथा प्राप्तिमार्फत पुँजी पुर्याउन भनेको छ । तर त्यसको लागि पनि कम्पनीहरूले समय सीमा समाप्त हुनुभन्दा ६ महिनाअघि नै मर्जरको लागि पार्टनर खोजेर बोर्डमा कार्ययोजना पेस गर्नुपर्ने उल्लेख व्यवस्था छ ।
त्यस्तै, पुँजी वृद्धिको लागि कम्पनी ऐनअनुसार मर्जर तथा प्राप्तिमा जानका लागि ब्रोकरहरूले वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गराउनुपर्छ । तर ब्रोकर कम्पनीहरूले दुवै काम अहिलेसम्म गरेका छैनन् ।
ब्रोकर व्यवसायीहरूले बोर्डले पुँजी वृद्धिको लागि निर्देशिका जारी गरे पनि ढिला गर्दा समस्या भएको गुनासो गर्दै आएका छन् । उनीहरूले बोर्डले मर्जर नीति नियमावलीले तोकेको समय सीमा भन्दा ५ महिनाअघि मात्रै निर्देशिका जारी गरेकाले मर्जर गर्न समेत नसकिएको बताउँदै आएका छन् ।
बोर्डको नियमावली अनुसार असार मसान्तसम्म पनि पुँजी वृद्धि गर्ने नसक्ने कम्पनीहरूलाई कारबाही गर्न सक्ने अवस्था छ । तर बोर्डले ब्रोकर कम्पनीहरूलाई सहजता प्रदान गर्ने गरी नियमावली संशोधन गर्न लागिको देखिन्छ । बोर्डकै कमजोरीका कारण ब्रोकरलाई तोकिएको पुँजी कायम गर्न समस्या भएकाले नियमावली संशोधन गर्न लागेको हो ।
ब्रोकर एसोसिएसनले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग नियमावलीले तोकेको पुँजी निर्धारित समय कायम गर्न नसक्ने भन्दै समय थप गर्न आग्रह गरेको थियो । नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले ब्रोकरहरूलाई बोर्डको नियमावलीले तोकिएको चुक्ता पुँजी कायम गर्न कम्तीमा दुई वर्ष समय आवश्यक पर्ने बताए ।
ढकालले अहिलेसम्म कोहिनुर सेक्युरिटिज, लिञ्च स्कट मार्केट, नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, सुनधारा सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज, जेएफ सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज र श्री कृष्ण सेक्युरिटिजले २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको बताए । उनका अनुसार बाँकी अझै ३२ वटा ब्रोकरको पुँजी न्यूनतम ७ करोडदेखि १८ करोड रुपैयाँबिचमा रहेको छ।
उनले भने, ‘धितोपत्र बोर्डले पुँजी वृद्धिको लागि मर्जर निर्देशिका ल्याउन ढिला ग¥यो । नियमावलीले तोकेको समय भन्दा करिब पाँच महिना अर्थात आउन समय निर्देशिका आएको छ । पाँच महिनामा कुनै पनि कम्पनीले मर्जर भएर पुँजीवृद्धि गर्न सक्ने अवस्था भएन । मर्जर निर्देशिकामा रहेर २०८२ असार मसान्तसम्म ब्रोकरहरूले पुँजी पुर्याउन सकेको अवस्था छैन ।’
उनले बोर्डले तोकेको पुँजी कायम गर्न दुई वर्ष थप आवश्यक पर्ने बताए । उनले सोहीअनुसार नियामावलीका अन्य प्रावधानसमेत संशोधनको सुझाव बोर्डलाई दिएको भन्दै त्यही अनुसार संशोधन हुने आशा व्यवसायीहरूको बताए । हाल पुँजी बजारमा धितोपत्र दलाल व्यवसाय गर्ने ९३ ब्रोकर कम्पनी छन्। तर पुराना ब्रोकर कम्पनीहरूले पुँजी थप्न गर्न नसकेका हुन् ।
बोर्डबाट लाइसेन्स लिएका पुराना ब्रोकर कम्पनीले २०७९ असार मसान्तसम्म पुरानो व्यवस्थाअनुसार सबैले दुई करोड चुक्ता पुँजी कायम गरेका थिए। बोर्डद्वारा संशोधित धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली २०७९ भदौ २३ देखि कार्यान्वयनमा ल्याएर २० करोड चुक्ता पुँजी पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टि ट्वान्टी आई सिरिज : स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य
-
चोर खोज्दै आएको भारतीय प्रहरीको टोली नागार्जुनबाट पक्राउ
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल