इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
काठमाडौँ । इजरायल र इरानबिचकाे यद्ध चर्किँदै गएपछि २० जना नेपालीले स्वेदश फर्किन निवेदन दिएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार २० जना नेपालीले नेपाल फर्कन निवेदन दिएका हुन् । यस्तै ६ सय ३ जना नेपालीले विवरण उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।
आज मात्रै इजरायल र इरान युद्धका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्तरीय बैठक बसेको थियो ।
बैठकले ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा नाम दर्ता गर्न अपिल गरेको थियो ।
नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरु भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थियाे ।
यसका लागि सम्बद्ध अरू तीन मन्त्रालयका समेत अधिकारीहरू सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी चौबिसै घण्टा काम गर्ने निर्णय पनि बैठकले गरेको थियो ।
नेपालीको सुरक्षा र उद्धारमा सरकारले काम गरिरहेको मन्त्रालयले बताएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण