मलेसियाबाटै सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने, ईसेवा मनि ट्रान्सफर र ‘टच एन गो’ बीच साझेदारी
काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र मलेसियाको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक ‘टच एन गो इवालेट’ बीच महत्वपूर्ण साझेदारी भएको छ।
यस सम्झौतासँगै मलेसियामा कार्यरत लाखौं नेपालीहरूले सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आफ्नो योगदान रकम सहजै डिजिटल माध्यमबाट जम्मा गर्न सक्ने भएका छन्।
उक्त सम्झौतामा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र टीएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपालले हस्ताक्षर गरेका हुन्। यो सहकार्यले मलेसियामा रहेका नेपालीहरूका लागि भुक्तानी प्रक्रियालाई सरल, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै टीएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेनले नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी एफवान सफ्ट समूहको ईसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने, “यो साझेदारी केवल रेमिट्यान्समा मात्र सीमित छैन, हामी एफवान सफ्टसँग आपसी वृद्धि र नवीन प्रविधिमा आधारित सहकार्यका थुप्रै सम्भावनाहरूमा काम गरिरहेका छौँ। सामाजिक सुरक्षामा पहुँच विस्तार र डिजिटल समावेशितालाई प्रवर्धन गर्ने दिशामा यो पहल एक महत्वपूर्ण र दूरदर्शी कदम हो।”
यस्तै, ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले मलेसियामा रहेका नेपाली समुदायलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन यो साझेदारी कोशेढुंगा साबित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण