शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाली राष्ट्रिय यू–२३ टिमको प्रशिक्षकमा न्यौपाने नियुक्त

बुधबार, ११ असार २०८२, १४ : ४६
बुधबार, ११ असार २०८२

सारांश

  • नबिन न्यौपाने नेपाली यू-२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
  • एन्फाले ताजकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि न्यौपानेलाई नियुक्त गरेको हो।
  • प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म ताजकिस्तानमा हुनेछ, जसमा नेपाल समूह 'एच' मा छ।

काठमाडौँ । प्रशिक्षक नविन न्यौपाने नेपाली राष्ट्रिय यू–२३ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ताजकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप क्वालिफायरका लागि न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । 

एन्फाका कार्यवाहक सहासचिव बद्री भट्टराईले बुधवार उनलाई नियुक्ति पत्र हस्तान्तरण गरे । 

प्रतियोगिता ताजकिस्तानमा सेप्टेम्बर ३ देखि ९ सम्म हुनेछ । प्रतियोगितामा नेपाल रहेको समूह ‘एच’मा छ । उक्त समूहमा नेपालसँगै ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप