शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एलिना चौहानले भनिन् –कमेन्टको अत्याचार धेरै भयो, पालैपालो पोष्ट गर्छु

बुधबार, ११ असार २०८२, १७ : २८
बुधबार, ११ असार २०८२

काठमाडौँ । गायिका एलिना चौहानले आफूले गरेको पोष्टमा कमेन्टको अत्याचार धेरै भएको बताएकी छन् । 

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका चौहानले यस्तो बताएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्,'कमेन्टको अत्याचार धेरै भयो । पालैपालो पोष्ट गर्छु । भाइरल हुन मन लाग्नेहरू आइजा है ।' 

विष्णु सापकोटालाई लिएर सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्ने गरिएपछि एलिनाले उक्त कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्ने बताएकी हुन् । विष्णु गायिका एलिनाका पूर्व श्रीमान् हुन् । अहिले उनीहरुबिच डिभोर्स भइसकेको छ । 

यसअघि गायिका समीक्षा अधिकारीले पनि नकारात्मक कमेन्ट गर्नेलाई सार्वजनिक गरेकी थिइन् । कलाकार पल शाहसँग जाेडेर समीक्षामाथि सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरिएकाे थियाे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप