बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकै दिन टोखाको दुई ठाउँमा चोरी

शनिबार, १४ असार २०८२, १८ : २७
शनिबार, १४ असार २०८२

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा शुक्रबार एकै दिन दुई स्थानमा चोरी भएको छ ।

टोखा नगरपालिका-११ डेरा गरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ घर भएका २७ वर्षीय प्रदीप खत्रीको  कोठाबाट सुन तथा चाँदीका गरगहना गरी करिब ३ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । 

यसैगरी टोखा नगरपालिका-८ बानियाँटार गैरीगाउँ बस्ने ४५ वर्षीय सुरज लामाको घरबाट सुनका गहना र नगद गरी करिब १ लाख ७१ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप