कर्णालीमा असार १५ सम्म झन्डै ४० प्रतिशत रोपाइँ सकियो
सारांश
- कर्णाली प्रदेशमा धान रोपाइँको अवस्था मिश्रित देखिएको छ, केही जिल्लामा रोपाइँ लगभग सकिएको छ भने कतिपयमा सुस्त छ।
- असार १३ गतेसम्मको विवरण अनुसार, प्रदेशभर झन्डै ३९.१४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
- जुम्ला, हुम्ला र डोल्पामा ९० प्रतिशत रोपाइँ सकिँदा सुर्खेतमा जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको छ।
सुर्खेत । कर्णाली प्रदेशमा यस वर्षको धान रोपाइँको अवस्था मिश्रित देखिएको छ । प्रदेशका केही जिल्लाहरूमा रोपाइँ लगभग सम्पन्न हुने चरणमा पुगेको छ भने केही जिल्लाहरूमा निकै सुस्त गतिमा अघि बढेको छ ।
कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार प्रदेशभर २ दुई लाख ९९ हजार ३३९ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ४० हजार ८८४ हेक्टरमा धान खेती हुन्छ । धान खेती हुने जमिनमध्ये हालसम्म १६ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको झन्डै ३९.१४ प्रतिशत हो ।
यो असार १३ गतेसम्मको विवरण हो । दुई दिनमा उक्त प्रतिशत ४० प्रतिशत पुगिसकेको निर्देशनालयका निमित्त निर्देशक तिलक प्रसाद पाण्डेले बताए ।
विवरण अनुसार, धान रोपाइँमा सबैभन्दा बढी प्रगति जुम्ला, हुम्ला र डोल्पा जिल्लामा देखिएको छ । तीन वटै जिल्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । जुम्लामा कुल दुई हजार ८९० हेक्टरमध्ये दुई हजार ६०१ हेक्टरमा, हुम्लामा कुल ५८५ हेक्टरमध्ये ५२६.५ हेक्टरमा रोपाइँ भएको छ ।
त्यसैगरी, सल्यानमा ६५ प्रतिशत, रुकुम पश्चिममा ५५ प्रतिशत, कालिकोटमा ४२ प्रतिशत र मुगुमा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दैलेखमा भने ३२ प्रतिशत मात्र रोपाइँ भएको छ ।
त्यसैगरी, जाजरकोटमा १७ प्रतिशत र प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा केवल २० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।
सुर्खेतमा कुल १४ हजार ९२१ हेक्टर धान खेती हुने जमिन भए पनि हालसम्म दुई हजार ९८४.२ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।
यो जिल्लाको धेरै जसो भू—भाग आकाशे पानीमा निर्भर छ ।
तथ्याङ्क हेर्दा कर्णालीका विभिन्न जिल्लामा मनसुनको प्रभाव, सिँचाइको उपलब्धता र किसानको सक्रियतामा रहेको भिन्नतालाई उजागर गरेको छ ।
हिमाली जिल्लाहरूमा रोपाई छिटो सकिने प्रवृत्ति देखिए पनि पहाडी र उपत्यकाका जिल्लाहरूमा भने प्रगति सुस्त रहेको छ ।
जिल्लागत विवरण यस प्रकार छः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण