श्रीमतीको हत्या गरेर फरार व्यक्ति तीन वर्षपछि पक्राउ
सोमबार, १६ असार २०८२, १० : २४
सारांश
- रौतहट प्रहरीले तीन वर्षदेखि फरार एक व्यक्तिलाई पक्राउ गरेको छ।
- ईशनाथ नगरपालिकामा चाँदनी खातुनको हत्या आरोपमा श्रीमान् पक्राउ परेका हुन्।
- प्रहरीका अनुसार खातुनको घाँटीमा सल बेरेर हत्या गरिएको थियो।
रौतहट । तीन वर्षदेखि फरार रहँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटअनुसार मिति २०७८ साल माघ २६ गते बिहान रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलस्थित गहुँको खेतमा मृत फेला परेकी चाँदनी खातुनको हत्या अभियोगमा उनका श्रीमान् फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार चाँदनी खातुनको शव घाँटीमा सलले बेरेर र मुखमा सल कोचेर हत्या गरिएको अवस्थामा भेटिएको थियो।
घटनापछि फरार रहेका मन्सुरीलाई असार १३ गते पक्राउ गरी रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
घटनाका विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण