र्यापर सिन डिडी दुई आपराधिक मुद्दामा दोषी ठहर
काठमाडौँ । हलिउड म्युजिक निर्माता र र्यापर सिन ‘डिडी’ कम्ब्सलाई बुधबार अमेरिकी अदालतले यौन बेचबिखन र ठगी षड्यन्त्र जस्ता गम्भीर आरोपबाट सफाइ दिएको छ । तर, अदालतले उनलाई ठुलो धक्का समेत दिएको छ ।
अन्य दुई आपराधिक मुद्दामा कम्ब्सलाई दोषी ठहर गरिएको छ । हाल उनी जेलमै बस्नुपर्नेछ । अदालतले यौनजन्य कार्यको उद्देश्यले महिलालाई लगेको दुई छुट्टाछुट्टै आरोपमा उनलाई दोषी देखाएको हो । यी दुवै मुद्दामा उनलाई अधिकतम २० वर्षको सजाय हुन सक्ने बताइएको छ । सजायको सुनुवाइ अक्टोबर ३ मा हुने भएपनि उनी अझै जेलबाट रिहा भएका छैनन् ।
के हो विवाद ?
अमेरिकी गायिका केसी भेन्चुरा र अर्की महिलाले लगाएको गम्भीर आरोपमा केन्द्रित यो एउटा हाई–प्रोफाइल मुद्दा । भेन्चुराले ११ वर्षको सम्बन्धमा कोम्ब्सले उनलाई शारीरिक र मानसिक यातना दिएको, लागूपदार्थ र जबरजस्ती यौन क्रियाकलापमा पनि संलग्न गराएको दाबी गरेकी थिइन् ।
अदालतमा ‘जेन’ को रूपमा पहिचान गरिएकी दोस्री महिलाले पनि उनीमाथि यस्तै आरोप लगाएकी थिइन् । आफू कम्ब्सद्वारा आयोजित पार्टीहरूको पासोमा फसेको अनि आफू यौन अपराधको सिकार भएको ती महिलाको भनाइ थियो ।
यो मुद्दामा सरकारले कम्ब्सलाई सङ्गठित अपराध चलाएको आरोप पनि लगायो । जसमा जबरजस्ती श्रम, घुसखोरी, अपहरण र यौन बेचबिखन समावेश थियो ।
तर, निणार्ययक मण्डलले यी गम्भीर आरोपहरूलाई खारेज गर्यो । कम्ब्सले आपराधिक उद्यमको हिस्साको रूपमा यी अपराधहरू गरेको पर्याप्त प्रमाण न्यायाधीशहरूले फेला पारेनन् । कम्ब्सको टोलीले सुरुदेखि नै सबै आरोपहरूलाई झूटा भनेको थियो । सबै यौन सम्बन्धहरू सहमति भएको र महिलाहरूले पैसाको लोभ र ईर्ष्याका कारण आरोपहरू लगाएको बताइएकाे थियो ।
कम्ब्स सबैभन्दा गम्भीर आरोपबाट बचे पनि दुई सङ्घीय अपराधमा दोषी ठहरिएका छन् । यस्तोमा उनको करियर र छवि अब पहिलेको जस्तो रहेन । उनी विरुद्ध अझै पनि धेरै अन्य नागरिक मुद्दाहरू विचाराधीन छन् ।
यी मुद्दामा यौन दुर्व्यवहारको दाबी पनि समावेश छ । यद्यपि, तीन वटा मुद्दामा सफाइ पाउनुले उनले केही राहत भने पाएका छन् । ती मुद्दाहरूमा पनि दोषी ठहरिएको भए उनलाई आजीवन कारावासको सजाय हुन सक्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण